‘विकासका योजनासहित चुनावमा आएका छौँ’: एमाले उम्मेदवार  कार्की

पाेखरा | कात्तिक ६, २०७९

‘विकासका योजनासहित चुनावमा आएका छौँ’: एमाले उम्मेदवार  कार्की

 

पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफु र आफ्नो पाटीले स्पष्ट  भिजन र योजनासहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् । उनले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गर्दै विकास अभियान व्यवस्थित बनाउन राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण तथा मितव्ययी स्वाललम्वी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारे ।


उनले भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, जनअपेक्षा अनुसार संघीयतालाई बलियो बनाउने, देशमा विद्यमान महँगी र भष्ट्राचार निर्मुल गर्ने, पोखराका  ग्रामिण भेगमा रहेका वडाहरूको पर्यटकीय विकास सहित स्याटेलाइट सिटिको निर्माणलाइ अगाडि बढाउने, गण्डकी प्रदेशलाई अन्र्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने, प्रदेशको विकासका न्युनतम पूर्वाधार र सुचाकहरूलाई अझै सबल बनाउन एमालेको सरकार आवश्यक भएको उल्लेख गरे ।


कार्कीले सो कुरा आइतबार पोखरामा पोलिटिकल साइस सोसाइटी  नेपालले संघीय तथा प्रदेश सभाका उम्मेदवारहरूसँग आयोजना गरेको बहस कार्यक्रम “मेरो उम्मेदवारी किन” विषयक बहस कार्यक्रम उक्त कुरा बताएका हुन् ।


उम्मेदवार काकीले पोखराको फोहोर व्यवस्थापनलाई दिर्घकालिन समाधान गर्ने, पोखराको ट्राफिक व्यवस्थापन गर्ने , आफ्नो निर्वाचन क्षेत्रमा “एक वडा एक आकर्षक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटनको विकास गर्ने, प्रत्येक वडामा प्राविधिक शिक्षा सहितको वहुमुखी क्याम्पस संचालन गर्ने, एक वडा एक सुविधा सम्पन्न अस्पताल निर्माणको अवधारणा अगाडी बढाउने लगायतका कार्यका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे । उनले आफ्नो क्षेत्रमा रहेका वडाहरूलाई पोखरा अन्य वडामा जोड्न मोटरेबल पूल र सडक निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । 


पूर्ववर्र्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरका विभिन्न अधुरा विकासका काम पूरा गर्नु अर्को उद्देश्य रहेको उनको भनाई छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो धारणा प्रस्तुत गरेको बहस कार्यक्रम सो संस्थाका अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्